केन्द्रको परिचय

नेपालको संविधान २०७२ मा भएको संवैधानिक व्यवस्था, कार्य विस्तृतिकरण प्रतिवेदन, नेपाल सरकारको कार्य विभाजन नियमावली २०७४, स्थानीय सरकार संचालन ऐन २०७४, वन नीति, चौधौं योजना तथा मौजुदा संगठनको विगतको अनुभव र सिकाई समेत लाई आधार मानी केन्द्र स्तरको वन तथा भू-संरक्षण विभाग अन्तर्गत रहने गरी देशका ४ वटा वृहत् नदी प्रणालीहरु (कोशी, गण्डकी, कर्णाली, महाकाली) को जलाधार क्षेत्रलाई एकीकृत संरक्षण र व्यवस्थापन गर्न वृहत् जलाधार व्यवस्थापन कार्यालयहरु स्थापना गरिएको छ । सोही अनुरुप जाजरकोट जिल्लामा पनि वृहत् जलाधार व्यवसथापन केन्द्र स्थापना गरिएको छ ।

उद्देश्यः

जलाधारक्षेत्रहरूको वैज्ञानिक व्यवस्थापन मार्फत

  • जलश्रोतको संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरण गर्ने ।
  • भूमि/जमिन र पानीको उत्पादकत्व र प्रयोगमा बृद्धि गर्ने ।
  • विकासका पूर्वाधारहरूको दीर्घायु तथा संरक्षण गर्ने ।