वृहत् जलाधार स्तरका नदी प्रणालीहरुको भूस्खलन तथा जलाधार व्यवस्थापन सम्वन्धि सूचना प्रणालीहरुको तथ्यांक, जानकारीहरु तयार गर्ने ।
जलाधारीय सम्वेदनशीलताको आधारमा प्राथमिकीकरण गरी महत्वपूर्ण, प्राथमिकता प्राप्त र संवेदनशिल क्षेत्रहरुमा वर्गिकरण गर्ने । पहिचान भएका जलाधार, उपजलाधारहरुको वैज्ञानिक अभिलेखिकरण गरी जलाधारमा आधारित कार्यक्रम÷योजना, परियोजनाहरुको नियमन एवं समन्वय गर्ने ।
जलश्रोतको संरक्षण, प्राकृतिक प्रकोप व्यवस्थापन र न्यूनीकरण, भूउपयोग, भूक्षमता जस्ता पक्षहरूको पहिचान, विश्लेषण गर्दै एकीकृत व्यवस्थापकीय योजना बनाउने ।
बाढी, पहिरो भूस्खलन जस्ता प्राकृतिक बिपतहरुको न्यूनीकरण गर्न तथा जलको शुद्धता र परिमाण (Quality and Quantity)_को अभिवृद्धि गर्न योजना, रणनीति कार्यक्रमहरूको तर्जुमा गर्दै अन्य सम्बन्धित सरोकारवाला हरुसँग समन्वय र सहकार्य गर्ने ।
जलाधार क्षेत्र अन्तर्गत् रहेका राष्ट्रिय महत्वका आयोजना परियोजनाहरु सँग आपसि सहयोग र समन्वय कायम गर्दै वातावरण र विकास विच सन्तुलनको लागि नीतिगत तथा कार्यक्रमगत विषयहरुको संघीय, प्रदेश र स्थानीय तहलाई आवश्यकता अनुसार पृष्ठपोषण गर्ने ।
संघीय आयोजना परियोजनाहरुको नेतृत्व प्रदान गर्नुका साथै समन्वयात्मक रुपमा अन्य आयोजना परियोजनाहरुलाई आवश्यक सहयोग, सहजीकरण तथा व्यवस्थापन गर्ने ।
भू तथा जलाधार संरक्षण सम्वन्धि प्रविधि विकास प्रदर्शन एबं प्रसार कार्य गर्ने र भू तथा जलाधार व्यवस्थापन कार्यालयहरूमा आवश्यकता अनुसार प्रविधि हस्तान्तरण, सहयोग एवम् समन्वय गर्ने ।
संवेदनशील तथा राष्ट्रिय महत्वका जलाधार व्यवस्थापन सम्वन्धि आवश्यक ज्ञान प्रविधि सीप तथा नीति तर्जुमाका लागि आवश्यक सूचना, तथ्यांक तीनवटै तहका सरकारहरुलार्ई उपलव्ध गराउने ।
संघीय नीति, ऐन, कानून, निर्देशिकाहरुको कार्यान्वयन तथा नियमन गर्ने ।
आकस्मिक बाढी पहिरो भूस्खलन जस्ता प्राकृतिक प्रकोपहरुको असर लाई न्यून एबं व्यस्थापन गर्न प्रदेश र स्थानीय सरकारसंग समन्वय गरि कार्यक्रम संचालन गर्ने ।
जलधार क्षेत्र व्यस्थापनका लागि महत्वपुर्ण भूमिका निर्बाह गर्न सक्ने अन्य निकायहरुसँग समन्वय कायम गरि एकीकृत रुपमा कार्यक्रम संचालन गर्न गराउन सहयोग गर्ने ।
बृहत् जलाधार स्तरीय आयोजना, परियोजनाहरु निर्माण गर्न संघिय सरकार लाई सहयोग गर्ने ।
बृहत् जलाधार क्षेत्र अन्तगतका जलाधार, उपजलाधारहरुको तथ्याङ्क तथा सूचना (एटलस तयार गरि) संघिय सरकारबाट स्वीकृत गराउने तथा जलाधार उपागमको आधारमा कार्यक्रम संचालन समेत गर्ने गराउने ।
बृहत् जलधार व्यस्थापन कार्यसंग सम्वन्धित अन्य संघसंस्थाहरुसंग समन्वय गरि सहकार्यको आवश्यक व्यवस्था मिलाउने ।
संघीय कार्यालयले तोकेका अन्य कार्यहरु गर्ने साथै प्रदेश र स्थानीय तहबाट अनुरोध भई आएका विषयहरुलाई समेत सम्बोधन गर्ने ।
वृहत् जलाधार क्षेत्र अन्तर्गत् रहेका ठूला स्तरका जोखिमयुक्त पहिरो, बस्तीहरु पहिचान गर्ने तथा व्यवस्थापकीय योजना बनाई कार्यान्वयन गर्ने